चितवनमा चलचित्र ‘मनले मनलाई छुन्छ’ हेर्ने दर्शकको बाढी । फोटो फिचर ।

[dropcap][/dropcap]रिष्ठ  चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मीको निर्देशनमा बनेको अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’ लाई चितवनबासीले एकदमै मन पराएका छन्  ।चितवनमा नै जन्मेर चलचित्र क्षेत्रमा लागेका स्वर्गीय शिव रेग्मीको अन्तिम चलचित्रलाई चितवनबासीले एकदमै मन पराउनुको साथै अर्को सुख दुख  चलचित्र बनाउनु भाको भन्दै चलचित्र हेरेर धेरै दर्शक रुन पुग्नुको साथै रेग्मीको अब यस्ता राम्रा चलचित्र हेर्न नपाउने भन्दै उहालाई सम्झना पुगे ।DSC07424

चितवनको इन्द्रदेव चलचित्र मन्दिरमा प्रदर्शन भई रहेको चलचित्र  ‘मनले मनलाई छुन्छ’ हेर्न नब वर्षको दिनमा हलमा चलचित्र हेर्न आएको दर्शकले हल भित्र उभाने ठाउँ समेत न पाए पछि हालको ढोका खोल्न लगाएर बाहिरै बसेर समेत चलचित्र हेरे साथै चलचित्र हलको पर्दा नजिक सुतेर समेत चलचित्र हेर्न पुगे ।करिब सवा सात सय सिट क्षेमता भएको इन्द्रदेव चलचित्र मन्दिरमा  पहिलो शो मात्र १२०० भन्दा बादी दर्शकले हेरेका छन् ।चलचित्रको सेकेन्ड शो समेत हाउसफुल रहेको थियो ।चलचित्र हेरेको सबै जसो दर्शकले चलचित्र एकदमै मन परेको भन्दै साचिकै चलचित्रले मनले मनलाई छोएको बताए ।DSC07429

साचिकै नब वर्षको दिनमा हलमा दर्शकको  बाडी नै आएको  थियो । इन्द्रदेव चलचित्र मन्दिर एक कर्मचारी हरि रेग्मी भन्छन निर्देशक शिव रेग्मीको चलचित्र “कहाँ भेटिएला” पछि यो नै हलमा आएको धेरै  दर्शक हो भनेर ।र्मिराकल मिडिया प्रालिको ब्यानरमा तयार यो चलचित्र ‘मनले मनलाई छुन्छ’ लाई सुनिल सिटौला र बिरेन श्रेष्ठले मिलेर निर्माण गरेका हुन् ।DSC07454

चलचित्रमा बिरेन श्रेष्ठ,गरिमा पन्त,सुमन सिंह, मिथिला शर्मा, केशव भट्टराई, सृजना बस्नेत ,शंकर रेग्मी लगायतको मुख्य अभिनय रहेको छ । शम्भु सापकोटाको छायांकन ,बनिश शाहको सम्पादन ,बसन्त सापकोटाको संगीत रहेको चलचित्र ‘मनले मनलाई छुन्छ’ रिष्ठ चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मीद्धारा निर्देशित प्रदर्शन हुने अन्तिम चलचित्र हो ।DSC07463 DSC07461 DSC07455 DSC07451 DSC07448 DSC07437 DSC07442 DSC07426 DSC07464

Namaste Filmy

Read Previous

रेश र दिवस प्रियंकाको बेष्ट फ्रेन्ड । भिडियो ।

Read Next

बरिष्ठ गीतकार क्षेत्रप्रताप अधिकारीको निधन । काजक्रिया नगरिने ।