नायक आकाश श्रेष्ठ र निशा श्रेष्ठ 'शिरीशिरी बतासैले' को भिडियोमा

चर्चित गायिका मेलिना राई र अर्जुन के मुसाह्याङ्गको स्वरमा रहेको गित ‘शिरीशिरी बतासैले’ सार्वजानिक भएको छ । गितमा स्वयम गायक अर्जुन केको शब्द तथा संगित रहेको छ ।

गितमा अहिलेका व्यस्त एंव चर्चित नायक आकाश श्रेष्ठ को अभिनय रहेको छ । साथमा नवमोडल निशा श्रेष्ठ र के.एल. श्रेष्ठ लाई देख्न सकिन्छ । भिडियोलाई चर्चित निर्देशक क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका हुन ।

सधैजसो फरक र उत्कृष्ट भिडियो निर्माण गर्ने निर्देशक केसीले यसपटक भिडियोमा आकाश र निशाको केमेष्टिलाई गज्जबसंग उतारेका छन । अर्जुन तिवारीको छायाङ्कनमा तयार भिडियोको सम्पुर्ण पोस्टप्रोडक्शन डिकोन पिक्चरमा गरिएको हो ।

Namaste Filmy

Read Previous

संचारकर्मी रबि अधिकारीको 'आँशुको अर्थ -२' सार्वजनिक (भिडियो)

Read Next

डेविड शंकर र सहिमा श्रेष्ठको स्वरमा 'सलल बगेको पानी'को भिडियो सार्वजनिक