चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ का नायक धीरज मगर लण्डन फर्किदै , फ्यानहरुमा रुवाबासी

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बाट रातारात स्टार बनेका नायक धीरज मगर लण्डन फर्कने भएका छन् । लण्डनमा बस्दै आएका धीरज चलचित्रको लागि नेपाल आएका थिए । गत असोज ५ गतेबाट देशभर एक साथ प्रदर्शनमा आएको चलचित्रले अहिले सम्म ४ करोड ३० लाख भन्दा माथिको ग्रस कलेक्सन गरिसकेको छ । चलचित्रले यो बर्ष अहिले सम्म कै सबै भन्दा राम्रो ब्यापार गरेको छ । चलचित्रमा धीरजको अभिनयको सबैले खुलेर तारिफ गरेका छन् । धीरजलाई अहिलेका स्टार नायकहरु अनमोल केसी र प्रदिप खड्कालाई टक्कर दिने नायकको रुपमा समेत व्याख्या गर्ने थालिएको छ । यही सुखद क्षेण र अपार माया बोक्दै धीरज लण्डन फर्किन लागेका हुन् ।

नेपाल छोड्नु अघी धीरजले अन्तिम पटक आफ्नो फ्यानहरुलाई भेटेका छन् । हुन त धीरजले सधैंका लागि नेपाल छोडेका हैनन्, अर्को फिल्म काम सुरु नभए सम्मका लागि धीरज नेपाल छोड्दै लण्डन जान लागेको हुन् । यसैको लागि फ्यानहरु सँग बिदा माग्न काठमाण्डौमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा धीरजका फ्यानहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा धीरजले पहिलो चलचित्रबाट नै यती धेरै माया दिएकोमा सबैलाई धन्यवाद दिए । यस्तै उनले आगामी दिनमा पनि यस्तै माया गरिरहन आग्रह गर्दै आफुले नेपाल छोड्न लागेको जानकारी गराए । धीरजले यस्तो भनिरहदा उनका फ्यानहरुमा रुवाबासी नै चल्यो तर पनि आफुहरु सधैं धीरजलाई माया गरिरहने र अर्को चलचित्रको प्रतिक्षामा रहेको भन्दै फ्यानहरुले उनलाई शुभकामना दिए । कार्यक्रममा धीरजको फ्यानहरुको भिड सम्हाल्न निकै हम्मे हम्मे भएको थियो ।
फ्यानहरुले उनलाई घेर्दै तस्बिर खिचाएका थिए । कार्यक्रममा धीरज सँगै चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशक रेनाशा बन्तावा राई पनि उपस्थित थिईन् ।

Namaste Filmy

Read Previous

फागुन १७ मा आउने भयो अनमोल केसीको चलचित्र ‘क्याप्टेन’

Read Next

चलचित्र ‘चंङ्गा चेट’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)