योगेश घिमिरेको 'प्रेम दिवस' घटस्थापनाको अवसर पारेर शुभमुर्हत

घटस्थापनाको अवसर पारेर चलचित्र ‘प्रेम दिवस’को स्कृप्ट र क्ल्याप पुजा गर्दै शुभमुर्हत गरिएको छ । बुधबार राजधानीको मैतीदेवी मन्दिरमा चलचित्रको शुभमुर्हत गरिएको हो ।

योगेश घिमिरेको निर्देशन र सञ्जय न्यौपानेमाको निर्माणमा तयार हुने चलचित्र ‘प्रेम दिवस’को शुभमुर्हतमा निर्देशक योगेश घिमिरे निर्माता सञ्जय न्यौपाने, डेव्यु अभिनेता विशाल खरेल, पटकथा लेखक प्रदीप भारद्धाजको उपस्थीती रहेको थियो ।
कार्तिक ८ गतेका दिन झापाबाट छायांकन सुरु गरिने सिनेमामा प्रिंयका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेल लगायतका कलाकार को मुख्य भुमिका रहने छ । अमेरिकामा बस्दै आएका विशालले प्रेम दिवसबाट नेपाली सिनेमामा डेव्यु गर्न लागेका हुन् ।
सिनेमामा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत, हरी लामाको छायांकन रहनेछ । म्युजिकल लभस्टोरी सिनेमाको कथा प्रदिप भारद्धाजले लेखेका हुन् ।

Namaste Filmy

Read Previous

दशैं तिहारमा शिवको फ्यानहरुलाई 'सुनको माया' उपहार (भिडियो)

Read Next

म्याग्दी भ्रमण बर्ष २०७५ को अबसरमा 'म्याग्दीको बयान' बोलको गीत सार्वजनिक (भिडियो)