चलचित्र‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ निर्माणको घोषणा,फागुन १७ मा रिलिज हुने

बिहिबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘जात्रै जात्रा’ घोषणा गरिएको छ । दशैं तथा तिहारको शुभकामना आदानप्रदान गर्दै प्रदीप भट्टराईले निर्देशन गर्ने चलचित्रको निर्माण टिम र कलाकारको उपस्थितिमा औपचारिक निर्माण घोषणा गरिएको हो ।

गएको २ वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ मा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतको अभिनय रहनेछ ।

दशैको पूर्णिमाको भोलिपल्टबाट छायाँकन सुरु हुने बताइएको चलचित्रको लेखन निर्देशक प्रदीपले नै गरेका हुन् । ३५ दिनको छायाँकन सेडुल रहेको चलचित्र १७ फागुनमा रिलिज मिति तोकिएको छ ।

कार्यकारी निर्मात रविन्द्रसिंह बानिया, निर्माता सिंगे लामा र यादव पौडेल रहेको चलचित्रको छायाँकनमा शिवराम श्रेष्ठ, सम्पादनमा मित्र डी गुरुङ रहनेछन् । ‘हामीले जात्राभन्दा राम्रो कथा नपाएसम्म यसको सिक्वेल नबनाउने बताएका थियौ । जात्राको भन्दा राम्रो कथा पाएपछि यसको सिक्वेल बनाउन लागेका हौ’ कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले बताए ।

निर्देशक प्रदिप भट्टराईले चलचित्रले पैसाको मात्र कथा नभन्ने बताए । उनले जात्रा सकिएको ठाउँबाट नै जात्रै जात्राको कथा उठ्ने बताए । चलचित्रको सिक्वेलमा जोडिन पाउँदा उत्साहित रहेको अभिनेता बिपिनले बताउँदा अभिनेत्री बर्षाले जात्रा आफ्ना लागि करिअरको टर्निङ पोइन्ट हुने सुनाइन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘न यता न उता’को चोलीको तुना' बोलको गीत सार्वजनिक (भिडियो)

Read Next

नायक अनमोल केसीको ‘ए मेरो हजुर ३’ छायांकनमा, फस्टलुक पोस्टर सार्वजनिक