नायक अनमोल केसीको ‘ए मेरो हजुर ३’ छायांकनमा, फस्टलुक पोस्टर सार्वजनिक

नायक अनमोल केसीको नया चलचित्र ‘ए मेरो हजुर ३’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। केही समय अगाडि पोखरामा शुभ मुहूर्त गरिएको चलचित्र ‘ए मेरो हजुर ३’ को फस्टलुक पोस्टर सार्वजनिक सगै चलचित्रको छायांकन पनि सुरु गरिएको छ ।

झरना थापाको निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर ३’ मार्फत झरनाकी छोरी सुहानी थापाले डेब्यू गर्दैछिन् ।चलचित्रमा अनमोल र सुहानी सगै सलोन बस्नेत,अर्पण थापा र रबिन्द्र झाको पनि मुख्य भूमिका रहनेछ।

नायक अनमोल केसीलाई ४५ लाख बढी पारिश्रमिकमा अनुवन्धित गरिएको यस चलचित्रलाई सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा सुनिल कुमार थापाले निर्माण गर्न लागेका हुन् ।चलचित्र ‘मेरो हजुर ३’ को छायांकन नहुदै रिलिज मिति पनि तय गरिएको छ ।चलचित्र चैत २९ गते बाट रिलिज हुँदैछ ।यसअघि झरनाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’ सुपरहिट भएको थियो । जुन चलचित्रमा अभिनेता सलिनमान बनियाँ र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा थिए ।

Namaste Filmy

Read Previous

चलचित्र‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ निर्माणको घोषणा,फागुन १७ मा रिलिज हुने

Read Next

‘लभ स्टेशन’मा प्रदीप खड्का र जसिता गुरुङको यस्तो छ लुक्स