रेखा थापाको ‘मालिका’ लाई युनिभर्सल सर्टिफिकेट,चलचित्र सबैले हेर्न पाउने

अभिनेत्री रेखा थापाको नया चलचित्र ‘मालिका’ लाई चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले युनिभर्सल सर्टिफिकेट दिएको छ ।शुक्रबार गरिएको चलचित्रको सेन्सरमा कुनै पनि दृष्य नकाटी चलचित्र पास गरिएको छ ।अब चलचित्र ‘मालिका’सबै वर्गको दर्शकले हेर्न पाउने भएका छन् ।कुनै पनि हिंस्रक तथा अश्लिल दृश्य नभएको र पारिवारिक वातावरणमा हेर्न मिल्ने हुँदा सेन्सर बोर्डले ‘मालिका’लाई युनिर्भसल सर्टिफिकेट दिएको हो ।

रेखा थापाको निर्माण तथा निर्देशन चलचित्र ‘मालिका’ जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरवहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ फिल्मको विषय वस्तु महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित रहेको छ ।

चलचित्रको यस अघि सार्वजनिक ‘हल्का माया’ बोलको गीत र ट्रेलरले राम्रो प्रतिक्रिया पाएको तिहारलाई लक्षित गरेर कार्तिक १६ गते देखि फिल्म देशभर रिलिज हुँदैछ ।’‘मालिका’मा रेखा र नरबहादुर सँगै जाजरकोटकी चौध वर्षिय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ ।

शिवम अधिकारीको लेखन रहेको यस चलचित्रमा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत रहेको छ ।चलचित्रमा बनिश शाहको सम्पादन तथा सरस्वति थापा निर्माता र नर कार्की कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

Namaste Filmy

Read Previous

‘लभ स्टेशन’मा प्रदीप खड्का र जसिता गुरुङको यस्तो छ लुक्स

Read Next

अनमोल केसी स्टारर ‘क्याप्टेन' सगै भिडन्त गर्लात् प्रदिप भट्टराईको ‘जात्रै जात्रा’ले !