बन्ने भयो 'र्‍यापर लाउरे' लाउरे कै हुनेछ मुख्य अभिनय

हिपहप किङको रुपमा चर्चित र्‍यापर लाउरे अर्थात आशिश राणाको मुख्य अभिनय रहने गरी चलचित्र ‘र्‍यापर लाउरे’ निर्माण हुने भएको छ ।र्‍याप ब्याटलबाट एकाएक चर्चामा आएका लाउरे अहिले र्‍यापरको रुपमा निकै चर्चित रहेका छन् । लाउरेकै र्‍यापबाट प्रभावित हुनेहरु पनि टन्नै रहेका छन् । र्‍याप सँगै लाउरेले चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।
 
केही बर्ष अघी प्रदर्शनमा आएको चलचित्र ‘ताण्डव’ बाट उनले चलचित्रमा पनि अभिनय सुरु गरेका हुन् । अब तिनै लाउरेको मुख्य अभिनय रहने गरी चलचित्र ‘लाउरेको र्‍याप’ बन्ने भएको छ । पासाङ योन्जनले निर्देशन गर्ने चलचित्र ‘लाउरेको र्‍याप’ को लागि लाउरे फाइनल भएका हुन् । चलचित्रमा कथा पनि निर्देशक योन्जनकै रहने छ । चलचित्रको कथा बस्तु र्‍यापर लाउरेकै वरीपरी घुम्ने छ । चलचित्रको कथा लाउरेको जीवन सँग मेल खाने भएकै कारण लाउरेलाई नै लिएर चलचित्र निर्माण गर्न लागिएको निर्देशक योन्जनले बताएका छन् ।

माघबाट फ्लोरमा जाने भनिएको चलचित्रमा लाउरे सँगै सोनाम पाख्रिन पनि अनुबन्धन भईसकेका छन् । सोनामले यस अघी चलचित्र ‘जिन्दगी रक्स’ मा पनि मुख्य अभिनेताको रुपमा काम गरिसकेका छन् । दावा शेर्पा सेट्टीले निर्माण गर्ने चलचित्रमा हरी हुमागाईंको छायांकन रहनेछ । चलचित्रको कास्टिङ लाईनअप छिट्टै फाइनल हुने बताईएको छ ।

Namaste Filmy

Read Previous

'दाङलाई फिल्म नागरिको रुपमा बिकास गरौं – आकाश श्रेष्ठ

Read Next

भेट्रान निर्देशक अशोक शर्माको 'जय भोले' आजबाट प्रदर्शन