बरिष्ठ गीतकार क्षेत्रप्रताप अधिकारीको निधन । काजक्रिया नगरिने ।

chhetrapratap[dropcap][/dropcap]रिष्ठ गीतकार क्षेत्रप्रताप अधिकारीको निधन भएको छ । शनिवारदेखि गंगालाल हृदयकेन्द्रमा उपचार गराइराखेका अधिकारीको गएराति निधन भएको हो । कविका रुपमासमेत परिचित अधिकारीको उपचारमा संलग्न चिकित्सकहरुले आइतबार साँझ सवा ८ बजे मृत घोषणा गरेका थिए । अधिकारीको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाको स्वास्थ्यमा सुधान हुन सकेको थिएन् । सयौं गीत तथा कविताका सर्जक अधिकारीका गीत नारायणगोपाल, बच्चुकैलाश, कुन्ती मोक्तान, रामकृष्ण ढकाललगायतले गाएका छन् । गीतकार अधिकारीले मृत्युपछि आफ्नो शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दान दिने घोषणा गरेका थिए । यसैअनुरुप उहांंको शवलाई मंगलबार बिहान एक कार्यक्रमका बीच हस्तान्तरण गरिने भएको छ । धोबीघाटस्थित नेपाल कलेज अफ म्यानेजमेन्टमा बिहान श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरी शव हस्तान्तरण्ँ गरिनछ । उहांको इच्छाअनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शव प्रदान गर्न लागिएको र काजक्रिया पनि नगरिने पारिवारिक स्रोतले जनाएको छ ।
कुनै बेलाका साझा बसका कण्डक्टर अधिकारी पञ्चायतकालमा शिक्षा सहायकमन्त्रीसमेत भएका थिए । ७२ बर्षीय अधिकारीका दुई छोरा छन् । विसं १९९९ मा तनहु“को मिर्लुङमा जन्मिएका ७२ वर्Èीय अधिकारीका ‘म त लालीगुरा“स भएछु’ लगायत चचिर्त गीत छन् । उहा“का ‘रहर लागेर’, पहाडदेखि पहाडसम्म’, फेरि एउटा परिवर्तन’, ‘तर देश रोइरहेछ’ आदि कृति प्रकाशित छन् । अधिकारीका गीतलाई नारायण्ँगोपाल, बच्चुकैलाश, कुन्ती मोक्तान, रामकृष्ण्ँ ढकाल आदिले सङगीत र स्वरबद्ध गरेका छन् ।

Namaste Filmy

Read Previous

चितवनमा चलचित्र ‘मनले मनलाई छुन्छ’ हेर्ने दर्शकको बाढी । फोटो फिचर ।

Read Next

फेरी संगै देखिए रणवीर र कैटरीना ।