केदार बढुवाल क्षेत्री बने चितवन आइडल

>माघ २७, चितवन
चितवन आइडल २०७० को उपाधि नारायणगढका केदार बढुवाल क्षेत्रीले उचालेका छन् ।पुर्बी चितवनको टाडीमा भएको फाइनलमा ६ प्रतिस्पर्धीलाई पछी पादै क्षेत्रीले उपाधी हात पारेका हुन् । केदार बढुवाल क्षेत्रीले ७३ हजार ८ सय ९३ भोट पाएका थिए । त्यस्तै ६७हजार ६ सय ९१ भोट प्राप्त गरेका पर्साका सुरेश लामा फस्ट रनरअप भयभने ३१ हजार ५ सय ३५ भोट प्राप्त गरेका बिरेन्द्रनगरका नबराज श्रेष्ठ सेकेण्ड रनरअप भए ।चितवन आइडल क्षेत्रीलाई आजै नगद १ लाख सहित २ वटा चलचित्रमा गित गाउन पाउने व्यवस्था मिलाइएको चितवन आइडल २०७० का निर्देशक मिलन लामा गोलेले जानकारी दिए ।आज भएको फाइनल कार्यक्रममा गायककार रामकृष्ण ढकाल, प्रमुख अतिथी रहेका थिए ।सोही कार्यक्रममा नायिका सुमिना घिमिरे,नायक सौगात मल्ल,फिल्म निर्देशक बाबुराम ढकाल, हास्यकलाकार रवि डड्डगोल वेइमान,गायक कमल खत्रि लगायतले आआफ्नो प्रस्तुति समेत देखायका थिए । यूवाहरुको संगितप्रतिको आकर्षणलाई मध्यनजर गर्दै आगामि वर्ष पनि चितवन आइडल सिजन २ को कार्य जेठ महिनावाटै सुरु गरिने चितवन चलचित्र संघले जनाएको छ । गायन प्रतिभाको खोजि गर्दै जेठ महिनावाट सुरु भएको चितवन आइडल २०७०का लागि ६ प्रतिस्पर्धि अन्तिम चरणमा पुगेका थिए । चितवन चलचित्र कलाकार संघले गरेको गायन प्रतिभा खोजि अभियानमा ६ सय ३५ जना सहभागि रहेका थिए।

Namaste Filmy

Read Previous

TALAKJUNG VS TULKE

Read Next

नेपाली नायिका बंगलादेशी चलचित्रमा ।