मेलिना राईको समधुर स्वरमा चलचित्र ‘गोल’ को गीत सार्वजनिक(भिडियो)

मङ्सिर २८ बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गोल’ को गीत सार्वजनिक भएको छ । अहिलेकी चर्चित गायिका मेलिना राईको समधुर आवाजले भरिएको ‘पल पल हरपल’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो ।

गीतमा भिम बस्नेत र मुकुन्द प्रयासको शब्द रहेको छ भने भिम बस्नेतको संगीत रहेको छ। गीतमा चलचित्र नायक किशोर खतिवडा र नायिका सविना कार्की फिचर्ड रहेका छन् । गीतको भिडियोलाई राजु शाहले कोरियोग्राफी गरेका हुन् भने सुबाश देवकोटाले सम्पादन गरेका हुन् ।

अबिरल भट्टराई निर्मित चलचित्र ‘गोल’ लाई भिम लामाले निर्देशन गरेका हुन् । चलचित्रमा किशोर र सविनाको अलावा सुबर्ण कार्की, सुरबिर पण्डित, दमन रुपाखेती, आईपी भट्टराई आदिको पनि अभिनय रहेको छ । चलचित्रलाई प्रकाश सुब्बाले खिचेका हुन् भने कुमार महर्जनले द्वन्द निर्देशन गरेका हुन् ।

Namaste Filmy

Read Previous

यौन उत्पीडनको आरोपित अनु मलिकलाई इन्डियन आइडल बाट हटाउदै

Read Next

चर्चामा राहुल शाह र नायिका अलिशा शर्माको रोमान्स (भिडियो)