'निशा भर्सेस सन्नी लियोन' । न्यु इयर पार्टीमा दुवैजना जोडीसंगै देखिए ।

[dropcap][/dropcap]त आइतबार बलिउडकी पुर्व पोर्नस्टार सन्नी लियोन काठमण्डौ आइपुगिन । केहि समयपहिले मात्रै काठमण्डौको भ्रमणमा आएकि उनी दोस्रोपटक आफ्नो पति डेनियल वैभरसंग नेपाल आएकि थिइन । उनीे न्यु इयर सेलेब्रेसन गर्नको लागी नेपाल आएकि थिइन । गत आइतबार सांझ होटल हायातमा आयोजीत एक डान्स पार्टीमा सन्नीले आफ्नो हड डान्स प्रस्तुत गरेकि थिइन । नेपाली फ्यानहरुसंग दिल खोलेर मस्ती गरेका पोर्नस्टार सन्नी र उनको जोडि डेनियल पार्टीमा खुबै रमाए । sunny-deniyal-nisha-and-sarयहि भब्य पार्टीमा नेपाली सेलीब्रेटीको एक जोडि पनि संगै रमाइरहेको देखियो । पछिल्लो समय निकै चर्चामा रहेकी नायिका निशा अधिकारी र नेपाली क्रिकेट टोलीका स्टार खेलाडि शरद भेषवाकरको जोडि पनि सन्नी को भन्दा कम थिएन । पार्टीमा खुलेर मस्ती नगरेपनि निशाको जोडीले पोर्नस्टार लाई टक्कर दिइरहेको थियो ।
यसरी पार्टीमा संगै देखिनुले पनि निशा र शरद बिचको सम्बन्ध केहि इलु इलु रहेको बुझन सकिन्छ । तर यस बिषयमा यी दुई नेपाली सेलेब्रेटिको जोडिले मुख खोलेका छैनन । उक्त कार्यक्रममा निशा कार्यक्रम चलाउन पुगेकी थिइन, तर शरद निशालाई भेट्नकै लागी पुगेको हल्ला चलेको छ । वास्तविकतामा यी दुईबीच अफेयर रहेको पनि धेरैको अनुमान छ । किनकी यसअघि पनि विभिन्न सार्वजनिक कार्यक्रममा निशा र शरदलाई भेटिएको थियो । यसबाट पनि निशा र शरदको सम्बन्धले अब गहिरो रुप लिइसकेको बुझ्न सकिन्छ । पार्टीमा सन्नी लियोनको जोडिसंग निशा र शरदले फोटोसमेत खिचेका थिए ।

Namaste Filmy

Read Previous

फेरी संगै देखिए रणवीर र कैटरीना ।

Read Next

वर्कशप अन डिजिटल फिल्मीङ । मंगलबारबाट सकियो ।