‘नाई मलाई थाहा छैन’ गीतलाई युट्युबमा ३ करोड प्लस भ्युज

निकै चर्चामा रहेको ‘नाई मलाई थाहा छैन’ बोलको गीतलाई युट्युबमा ३ करोड प्लस भ्युज पाएको छ । गत बर्षको माघ १९ गते युट्युबमा सार्वजनिक भएको गीतले करिब ९ महिनामा ३ करोडको क्लब पार गरेको हो ।

गीतले ३ करोड प्लस भ्युज पाउदा १ लाख २५ हजार भन्दा बढी लाईक्स पाएको छ भने १० हजार भन्दा बढी डिसलाइक्स पाएको छ । साथै गीतमा ४७ जति कमेन्ट पनि आएको छ । गायक सन्जिब पराजुली र गायिका टिका प्रसाईको आवाज रहेको गीतमा एक नारायण भण्डारीओ शब्द रहेको छ भने आशिश अबिरलको संगीत रहेको छ ।

गीतको भिडियोमा चर्चित मोडल अलिशा राई र नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन्ज क्रु’ को फिचरिङ्ग रहेको छ । युवराज पौडेलले खिचेको भिडियोलाई ‘द कार्टुन्ज क्रु’ का सदस्य सरोज अधिकारीले निर्देशन गरेका हुन् ।

Namaste Filmy

Read Previous

प्रियंकालाई निकले ६५० करोडमा किनिदिए महल

Read Next

डिभोर्सपछि नेपाली सिने क्षेत्रमा फस्टाएकी नायिका प्रियंका कार्की