'चङ्गा चेट्' मा चार कैदी , १६ बर्ष मुनिकाले अभिभावक सँग मात्र हेर्ने पाउने

कार्तिक ०९ – कार्तिक १६ गतेबाट प्रदर्शनमा आउने तयारी मा रहेको चलचित्र ‘चङ्गा चेट्’ को पोष्टर सार्वजनिक भएको छ । प्रदर्शन को मुखैमा आएर सेन्सर पास भए पछी चलचित्र को ३ वटा पोष्टर आज सार्वजनिक भएको हो । आज सेन्सर पास भएको चलचित्र ले पिजी सर्टिफिकेट पाएको हो । अब चलचित्र हेर्नका लागी बालबालिका हरुले आफ्नो अभिभावक लिएर जानु पर्ने भएको छ ।

गोजी दाम नहुने हरुको पिडा र दाम हुनेहरुको रवाफलाई कमेडी शैली मा प्रस्तुत गरिएको चलचित्र लाईइ दीपेन्द्र के खानेल ले निर्देशन गरेका हुन । सार्वजनिक पोष्टर्हरु मध्य एउटामा अभिनेता आयुष्मान देशराज जोशि, सन्दिप क्षेत्री , रबिन्द्र झा र अभिनेत्री सुरक्षा पन्त लाई कैदी शैली मा प्रस्तुत गरिएको छ ।

यस्तै अर्को पोष्टरमा ‘गोजिमा दाम छैन’ भन्ने गीत को भावालाऐइ दर्सौदौ कलाकारहरुले खोजिमा दाम नभएको देखाईएको छ । ‘गोजिमा दाम छैन’ बोलको गीत बाट निकै हाईप पाएको चलचित्रलाई चलचित्र ‘लुट्’ का निर्माता माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन ।

चलचित्रमा आयुष्मान्, सन्दिप्, रबिन्द्र, सुरक्षाको अलावा प्रियंका कार्की , परमिता आरएल राणा , अर्पण थापा, माओत्से गुरुङ आदिको पनि अभिनयाँ रहेको छ । प्रदिप भर्द्वाजको कथा रहेको चलचित्रमा नवराज उप्रेतिको सिनेमाटोग्राफी रहेको छ ।

Namaste Filmy

Read Previous

‘गलफ्रेन बनाउने रहर गर्दै गायक सुवास जे खरेल (भिडियो)

Read Next

दिपक र अनमोल एकै फिल्ममा