दिपक र अनमोल एकै फिल्ममा

कार्तिक ०९ – दिपकराज गिरी र अनमोला केसी अहिले हिट फिल्म दिन सफल कलाकारहरु मानिन्छन । यि दुइले काम गरेको पछिल्लो सबै फिल्मले बक्स अफिसमा राम्रो छाप छोडिरहेको छ । एक पछी अर्को सफल चलचित्र दर्शक माझ प्रस्तुत गरेका दिपकराज गिरी र अनमोल केसी अब एकै चलचित्र देखा पर्ने चर्चा सुरु भएको छ ।

 अहिले ‘छक्का पन्जा ३’ बाट दर्शकको अपार, माया पाईरहेका दिपक र चलचित्र ‘क्याप्टेन’ को प्रदर्शनको तयारीमा रहेका अनमोललाई वितरक मनोज राठीले एउटै फिल्ममा खेलाउने प्रस्ताव अघी सारेका हुन ।

स्रोतका अनुसार राठीले यस बारे दिपक र अनमोलका बुवा भुवन केसी सँग कुरा गरेका छन । दुबै पक्ष्यले यसका लागी ग्रीन सिङ्नल दिएका छन । चलचित्रमा अनमोल र दिपकको समान भूमिका रहने पक्का भएको खण्डमा प्रकृया अघी बढ्ने ब ताईएको छ ।अहिले दुबै पक्ष्य यही बिषयलाई लिएर छलफलमा रहेका छन । यदी दुबैको अनुकुल भएको खण्डमा दिपक र अनमोललाई दर्शकहरुके एकै फिल्ममा देख्न पाउनेछन ।

Namaste Filmy

Read Previous

'चङ्गा चेट्' मा चार कैदी , १६ बर्ष मुनिकाले अभिभावक सँग मात्र हेर्ने पाउने

Read Next

नेपाल आइडल-२ को टप टेनबाट वाइल्ड कार्डइन्ट्री पाएकी जस्मिन लिम्बू आउट