नेपाल आइडल-२ को टप टेनबाट वाइल्ड कार्डइन्ट्री पाएकी जस्मिन लिम्बू आउट

अघिल्लो हप्ता मात्रै वाइल्ड कार्डइन्ट्री पाएकी धरानकी जस्मिन लिम्बू शुक्रबार नेपाल आइडल-२ को टप टेनबाट बाहिरिएकी छन्।
बिहीबारको गाला राउन्डमा उनले ‘तिम्रो लागि सारा संसार भुलाइदिन्छु म’ बोलको गीत गाएकी थिइन्। गायकीमा अलिकति सुर नमिलेको आरोप खेपेकी उनले प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्न भने सकिनन्।
शुक्रबारको इपिसोडमा पनि उनले क्रिसलसँगको संयुक्त प्रस्तुतिमा गायकीको तालमेल मिलाउन सकिनन्। वाइल्ड कार्डले कार्यक्रममा पुनः इन्ट्री पाएपछि उनले आफ्नो सपना पूरा गर्न फेरि अवसर पाएकाले निकै मेहनत गर्ने बताएकी थिइन्।

शुक्रबार नेपाल आइडलको २२औं भाग विशेष रह्यो । नेपाल आइडल सिजन–१ का विजेता बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास अतिथिका रूपमा कार्यक्रममा उपस्थित थिए । आइडलमा पवन गिरीले सर्वाधिक भोट पाए भने बिक्रम बराल र अस्मिता अधिकारी बटम थ्रीमा परे ।

Namaste Filmy

Read Previous

दिपक र अनमोल एकै फिल्ममा

Read Next

सुशान्त कार्की र अप्सना थापाको ‘रुमालै छ चिनो’ को गीत सार्वजनिक (भिडियो)