सुशान्त कार्की र अप्सना थापाको ‘रुमालै छ चिनो’ को गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘रुमालै छ चिनो’ को गीत सार्वजनिक गरिएको छ । ‘ए माया’ बोलको सार्वजनिक गीतमा शब्द ,संगीत तथा स्वर अर्जुन पोखरेलको रहेको छ। गीतमा अर्जुन सगै गायिका अन्जु पन्तको पनि आवाज रहेको छ ।

लोक शैलीमा निर्माण गरिएको यस गीतको भिडियोमा नायक सुशान्त कार्की र नायिका अप्सना थापालाई फिचरिंग गरिएको छ। सागर लामाको कोरियोग्राफी रहेको भिडियोलाई बिनोद सापकोटाले छायांकन गरेका हुन् भने सम्पदान शिब थारुको रहेको छ ।
चलचित्र ‘रुमालै छ चिनो’मा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्षमण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

रेशम थापाको कथा रहेको यस चलचित्रलाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन् । ज्योति फिल्मसको ब्यानरमा निर्माण भएको यस् फिल्मलाई चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Namaste Filmy

Read Previous

नेपाल आइडल-२ को टप टेनबाट वाइल्ड कार्डइन्ट्री पाएकी जस्मिन लिम्बू आउट

Read Next

'छक्का पञ्जा ३'की नायिका दीपिका प्रसाईँ र निर्देशक दीवाकर भट्टराई बिच इन्गेजमेन्ट