'छक्का पञ्जा ३'की नायिका दीपिका प्रसाईँ र निर्देशक दीवाकर भट्टराई बिच इन्गेजमेन्ट

चलचित्र ‘छक्का पञ्जा ३’ की नायिका दीपिका प्रसाईँ र अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ का निर्देशक दीवाकर भट्टराई बिच इन्गेजमेन्ट भएको छ।

शुक्रबार दीपिका र दीवाकरले आफ्नो फेसबुक मार्फत एक तस्बिर सार्वजनिक गर्दै खुलासा गरेका हुन् । दीपिकाले तश्बिरसँगै क्याप्सनमा लेखेकी छन्, ‘र उहाँ मेरो लागि सँधै ♥ ️।’ दीवाकरले पनि उनकै क्याप्सन कपी गरेका छन् । दुबैले एकै समयमा तश्बिर फेसबुकमा शेयर गरेका हुन् ।

चलचित्र ‘ऐश्वर्य’बाट निर्देशक दीवाकर भट्टराईले नायिका दीपिका प्रसाईँलाई चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए । चलचित्र ‘ऐश्वर्य’को छायांकनमा यी दुई नजिकिए सगै प्रेम सम्बन्धमा रहेका थिए । केहि हप्ता अघि इन्गेजमेन्ट गरेका यी जोडीको बिहे भने मंसिरपछि मात्र हुने निर्देशक भट्टराईले बताए ।

Namaste Filmy

Read Previous

सुशान्त कार्की र अप्सना थापाको ‘रुमालै छ चिनो’ को गीत सार्वजनिक (भिडियो)

Read Next

‘छक्का पञ्जा ३’ को 'पहिलो नम्बरमा' २ करोडमा