‘छक्का पञ्जा ३’ को 'पहिलो नम्बरमा' २ करोडमा

 देशभर आक्रमक ब्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ३’ को गीतले युट्युबमा पनि आक्रमक दर्शक पाईरहेको छ । युट्युबमा आक्रमक भ्युज पाईरहेको ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ बोलको गीत २ करोड क्लबमा प्रवेश गरेको छ । युट्युबमा सार्वजनिक भएको करिब ३ महिनामा गीतले २ करोड प्लस भ्युज पाएको हो । यस्तै गीतले ८८ हजार भन्दा धेरै लाइक्स पाएको छ भने ११ हजार डिसलाइक्स पाएको छ । गीतको भिडियोमा ६ हजार भन्दा धेरैले कमेन्ट गरेका छन् ।

‘पहिलो नम्बरमा’ बोलको उक्त गीतमा डेभिड शंकर र बिन्दु परियारको आवाज रहेको छ । गीतमा राजेन्द्र थापाको शब्द तथा दिपक शर्माको संगीत रहेको छ । यस्तै गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । गीतको भिडियोलाई चर्चित कोरियोग्राफर कबिराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतमा चलचित्रका सबै कलाकारहरु फिचर्ड रहेका छन् ।

दिपाश्री निरौला निर्देशित फिल्म अहिले देशभर तेस्रो हप्तामा प्रदर्शन भईरहेको छ । चलचित्रले अहिले सम्म १६ करोड ५० लाखको ब्यापार गरिसकेको छ । ‘छक्का पञ्जा ३’ ले यस अघी आफ्नै अघिल्लो सिरिजको नाममा रहेको रेकर्ड तोडेको छ । देशभर अझै पनि हाउसफुलका साथ चलिरहेको ‘छक्का पञ्जा ३’ ले अहिले सम्म सबै भन्दा धेरै ब्यापार गर्ने सबै चलचित्रहरुको रेकर्ड तोड्न सफल भएको हो ।

Namaste Filmy

Read Previous

'छक्का पञ्जा ३'की नायिका दीपिका प्रसाईँ र निर्देशक दीवाकर भट्टराई बिच इन्गेजमेन्ट

Read Next

विशाल पौडेल को " राष्ट्र प्रेम" सार्वजनिक