वर्कशप अन डिजिटल फिल्मीङ । मंगलबारबाट सकियो ।

[dropcap][/dropcap]त शुक्रबारबाट सुन्दर पर्यटकिय नगरी पोखरामा सुरु भएको वर्कशप अन डिजिटल फिल्मीङ मंगलबारबाट सकिएको छ । मंगलबार एक कार्यक्रमका बीच पांच दिनसम्म सञ्चालित कार्यक्रम सकिएको औपचारिक घोषणा गरिएको हो ।समापन समारोहमा डि आइ जी बम बहादुर भण्डारी प्रमुख अतिथि रहनुभएको थियो भने चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय लगायत अन्य बिशिष्ट ब्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।worksp
वर्कशप अन डिजिटल फिल्मीङ मा दुई हलिउड बिज्ञले नेपाली फिल्मकर्मीहरुलाई रेड क्यामेरा चलाउन प्रशिक्षण दिएका थिए । प्रशिक्षण दिनकै लागी रेड क्यामेरामा बिशेष दख्खल भएका हलिउडका दुई चर्चित सिनेम्याटोग्राफर विज्ञहरु जस्टिन डि ओ निल र जेम्स इभान एगर्टन गत साता नेपाल आएका थिए ।
निर्देशक समाजको आयोजनामा सम्पन्न भएको वर्कशप अन डिजिटल फिल्मीङ मा करिब ५० जना नेपाली निकै नाम चलेका निर्देशक तथा छयांकारहरु को सहभागीता रहेको थियो । हालसम्म ब्यवसायिक प्रयोगमा नआइसकेको बिशेष खालको सिक्स के रेड डिजिटल क्यामेरा हातमा लिदा अत्यन्तै खुशी लागेको नेपाली फिल्मकर्मीहरुको भनाइ थियो । कार्यक्रममा निर्देशक दिनेश डिसी, सुमन दहाल, मनोज पण्डित लगायत का फिल्मकर्मीहरुले उक्त क्यामेरा सम्बन्धी ज्ञान लिएका थिए ।
यसरी आधुनिक प्रविधि र अत्याधुनिक साधनको बारेमा आफुहरुले ज्ञान लिन पाएकोमा फिल्मकर्मीहरु दंग देखिएका छन । यस कार्यक्रमबाट पनि नेपाली फिल्मले प्रबिधिको क्षेत्रमा एउटा फडको मार्ने बिश्वास फिल्मकर्मीहरुले लिएका छन ।

थप फोटोहरु हेर्नुहोस:

worksop

worksop1 worksop3 worksop 2

Namaste Filmy

Read Previous

'निशा भर्सेस सन्नी लियोन' । न्यु इयर पार्टीमा दुवैजना जोडीसंगै देखिए ।

Read Next

नया वर्ष सगै शोभित बस्नेतले सुरु गरे 'जाऊ हिड पोखरा'को पब्लिसिटी। फोटो फिचर ।