प्रताप दासको नया गीत ‘पिलाई दियो’को भिडियो सार्वजनिक

चर्चित सो नेपाल आइडलका दोश्रो रनरअप प्रताप दासको स्वर रहेको नया गीत भिडियो सार्वजनिक भएको छ । नेपाल आइडलबाट चर्चामा आएका प्रताप दासले पछिल्लो समय गएका गीतहरुले अहिले बजारमा राम्रै चर्चा पाएको छ।

प्रताप दासको आवाज रहेको ‘पिलाई दियो’ बोलको गीत सार्वजनिक भएको छ । डान्सिङ प्याटर्नमा रहेको ‘पिलाई दियो’ आज सार्वजनिक भएको हो । सार्वजनिक गीतमा राम कृष्ण महाराको शब्द रहेको छ । यस्तै गीतमा भिम बिसीको संगीत तथा अमोस तामाङको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा रन्जित कुमार पौडेल र मुस्कानको अभिनय रहेको छ । भिडियोलाई अमृत सुनारले निर्देशन गरेका हुन् । आभास बज्रचार्यले खिचेको गीतमा राजन केसीको कोरियोग्राफी तथा मदलब बेलाबासेको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

बलिउड फिल्म ‘बधाई हो’को शानदार कमाई

Read Next

युट्युब ट्रेडिङकाे नम्बर एकमा ‘कार्टुन्ज क्रु’ र भेषराजको 'मुसु मुसु हाँसेर'(भिडियो)