युट्युब ट्रेडिङकाे नम्बर एकमा ‘कार्टुन्ज क्रु’ र भेषराजको 'मुसु मुसु हाँसेर'(भिडियो)

केहि दिन अघि मात्रै रिलिज गरिएको गीत ‘मुसु मुसु हाँसेर’’को चर्चा बजारमा निकै हुने थालेको छ ।चितवनका भेषराज गौतमको स्वर रहेको यस गीतको भिडियो अहिले नेपालको युट्युब ट्रेडिङमा पहिलो नम्बरमा रहेको छ।गीत लगातार ३ दिन देखि युट्युब ट्रेडिङकाे १ नम्बरमा पर्न सफल भएकाे छ ।

नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’लाई फिचरिंग गरिएको यस गीतलाई ५ दिनमा करिब ४ लाख पटक हेरिएको छ ।अहिले सम्म गीतको भिडियोमा १८ हजार भन्दा बढी लाईक्स पाएको छ भने १.५ हजार भन्दा बढी डिसलाइक्स पाएको छ । साथै गीतमा १७ सय बढी कमेन्ट पनि आएको छ ।
चितवनका भेषराज गौतमको ‘मुसु मुसु हाँसेर’ गीत लगातार ३ दिन देखि युटुब ट्रेडिङकाे १ नम्बरमा पर्न सफल भएकाे छ । उक्त गीतमा राजेन्द्र बजगाईको शब्दरसंगीत रहेको गितमा भेषराज गौतमको स्वर रहेको छ । ‘मुसु मुसु हाँसेर ‘ बोलको गीतमा नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को नृत्य रहेको छ ।

‘कार्टुन्ज क्रु’ ले ‘मुसु मुसु हासेर‘ बोलको गीतलाई उनिहरुले निकै नै रोमान्टिक तथा पृथक कमेडी सैलीमा प्रस्तुत गरेका छन। उनिहरुको डान्समा हरेक पटक केहि नौलोपन देख्न पाईन्छ । कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा निर्माण भएको यस भिडियोमा सरोज अधिकारीको कोरियोग्राफी रहेको छ ।भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका छन । भिडियोलाई सहाएक निर्देशन भने लाक्पा डि लामाले गरेका छन् ।भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी र साजन चौहानले गज्जबको डान्स र कमेडी गरेका छन् ।

Namaste Filmy

Read Previous

प्रताप दासको नया गीत ‘पिलाई दियो’को भिडियो सार्वजनिक

Read Next

पाँच सहरबाट चलचित्र ‘बुलबुल’को गीत सार्वजनिक गरिने