मङ्सिर १३ मा धनगढीमा नेपथ्य

‘मङ्सिर १३ गते सुदुरपश्चिम जाअौं , नेपथ्य सँग रमाअौं ‘ भन्ने नाराको साथ दाताज ईभेन्ट एण्ड म्यानेजमेन्टको प्रस्तुती ‘द बिगेस्ट शो ईन धनगढी, नेपथ्य लाईभ इन धनगढीको प्रोमोस्नल पोष्टर रिलिज भएको छ । दर्शकहरुलाई कार्यक्रम बारे जानकारी गराउने उद्देश्यका साथ कार्यक्रमको पोष्टर रिलिज गरिएको हो । सार्वजनिक पोष्टरमा कार्यक्रम बारे सबै कुरा जानकारी गराईएको छ ।’नेपथ्य लाईभ इन धनगढी मङ्सिर १३ गते बिहिबार धनगढी रङगशालामा हुनेछ ।कन्सर्ट साँझ ५:४५ बजेबाट सुरु हुने पोष्टर मार्फत जानकारी गराईएको छ । यस्तै पोष्टर रिलिज संगै कन्सर्टको टिकेट बुकिङ पनि सुरु भएको दाताज ईभेन्ट एण्ड म्यानेजमेन्टका ईभेन्ट म्यानेजर अनिल घिमिरेले जानाकारी दिनुभयो ।
नेपथ्यको २५ औ बर्ष मनाउने क्रममा मङ्सिर १३ गते धनगढीमा कन्सर्ट हुन लागेको हो । धनगढी हुने नेपथ्यको प्रस्तुती अवलोकन गर्नको लागी टिकट दर १ हजार रुपैया कायम गरिएको दाताज ईभेन्ट्सका प्रबन्ध निर्देशक दाताराम घिमिरेले जानकारी दिनुभयो । दाताज इभेन्ट मुख्य आयोजक रहेको कन्सर्टलाई मेन्सन नेपाल र दारी ग्याङले सहकार्य गर्नेछ । यस अघी चितवनमा मात्रै कार्यक्रमहरु गर्दै आएको दाताज ईभेन्ट्सले अब भने देशभर कार्यक्रमहरु गर्ने र नेपथ्यको यो कन्सर्ट त्यसैको सुरुवात भएको प्रबन्ध निर्देशक घिमिरेले बताउनु भयो । दाताज ईभेन्टले यस अघी चितवनमा पनि नेपथ्यको कन्सर्ट आयोजना गरिसकेको छ ।

Namaste Filmy

Read Previous

पाँच सहरबाट चलचित्र ‘बुलबुल’को गीत सार्वजनिक गरिने

Read Next

कामना फिल्म अवार्डस् मंसिर १५ मा