चलचित्र ‘चङ्गा चेट’को टाइटल सङ् सार्वजनिक (भिडियो)

यहि शुक्रबार अर्थात् कात्तिक १६ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘चङ्गा चेट’को टाइटल सङ् सार्वजनिक गरिएको छ ।युट्युब च्यानलमार्फत चलचित्रको टाइटल सङ सार्वजनिक गरिएको हो ।

कोशिष क्षेत्रीको शब्द संगीत तथा स्वर रहेको गीतमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । आयुषमान देशराज जोशी, प्रियंका कार्की, रविन्द्र झा, सन्दिप क्षेत्री भिडियोमा देखिएका छन् ।

निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् ।चलचित्रमा आयुषमान देषराज जोशी, प्रियंका कार्की, रविन्द्र झा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, माओत्से गुरुङ, प्रमिता आरएल राणालगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यो सिनेमामा अर्जुन पोखरेलको पनि संगीत छ । निरक कँडेलको छायांकन रहेको सिनेमाको सम्पादन दिर्घ खड्काले गरेका हुन् ।

Namaste Filmy

Read Previous

आइटम गर्ल मलाइका अरोडाले अर्जुन कपूरसँग बिहे गर्दै

Read Next

‘चंङ्गा चेट’को गीत हिट हुदा संगीतकारलाई ५० हजार तर प्रचार प्रसारमा कमि किन ?