नया वर्ष सगै शोभित बस्नेतले सुरु गरे 'जाऊ हिड पोखरा'को पब्लिसिटी। फोटो फिचर ।

[dropcap]अ[/dropcap]गामी साउन महिनामा प्रदर्शन गर्ने तयार रहेको चलचित्र जाऊ हिड पोखरा युनिटले नवबर्षको शुभकामनासंगै फिल्मको पब्लिसिटी थालेको छ ।  नब वर्ष सुरु हुन साथ चलचित्रका निर्देशक ,निर्माता फिल्मको पब्लिसिटीमा जुटेका हुन । निर्देशक शोभित बस्नेतको पच्चीसौ निर्देशन रहेको चलचित्र  जाऊ हिड पोखराले  चितवनबाट आफ्नो चलचित्रको प्रचार प्रसार सुरु गरेको छ ।jau hida pokhara2नया वर्षको दिन चलचित्रको पब्लिसिटी गर्न चितवन आएका निर्देशक शोभित बस्नेत र निर्माता राम गौतम चितवनको विभिन्न रेडियो टेलिभिजनमा गएर आफ्नो चलचित्रको प्रचार प्रसार गरेका छन । विभिन्न मिडियामा अन्तर्बाता दिदै निर्देशक बस्नेतले चलचित्र  ‘जाऊ हिड पोखरा’ एकदमै राम्रो चलचित्र बनाएको र अब दर्शकलाई चलचित्रको बारेमा जानकारी दिदै हल सम्म आउने बातावरण बनाउन चलचित्रको प्रचार प्रसारमा कुनै कमि नगर्ने भन्दै नया वर्षको दिन बाट नै आफुहरु चलचित्रको पब्लिसिटी लागेको जानकारी दिनु भयो ।

jau hida pokharaअब छिट्टै नै देश प्रमुख सहरहरुमा चलचित्रको पत्रकार भेटघाट गर्दै जाने समेत नमस्ते फिल्मीलाई जानकारी दिनु भयो । सलोन फिल्मसको ब्यानरमा सलिना बस्नेतको प्रस्तुति रहेको फिल्मको निर्माता राम गौतम हुन भने कार्यकारी निर्माता गणेश ढकाल हुन । अहिलेका हिट कलाकारहरु नायक जीवन लुइटेल र नायिका रेखा थापा मुख्य अभिनय रहेको चलचित्रमा जीवन लुइटेल र रेखा थापाका अतिरिक्त सम्राट सापकोटा, आरुष गुरुङ, जी के शर्मा को साथमा निर्देशक बस्नेतको समेत अभिनय रहेको छ । फिल्ममा राजेन्दै खडगीको द्धन्द, ध्रुव लम्सालको पटकथा तथा गणेशकुमार श्रेष्ठको छयांकन, अमित श्रेष्ठको संगीतरहेको छ । त्यस्तै फिल्ममा शंकर बिसी, शोभित बस्नेत र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।jau hida pokhara3 jau hida pokhara4

Namaste Filmy

Read Previous

वर्कशप अन डिजिटल फिल्मीङ । मंगलबारबाट सकियो ।

Read Next

कति महंगो गिफ्ट ? शाहरुख ले फराह लाई दिए एस युबी कार ।