ठग्स अफ हिन्दोस्तानको घना जंगलमा गरिएको थियो सुटिङ्ग

यशराज ब्यानरमा निर्माण भएको चलचित्र ठग्स अफ हिन्दोस्तान आगामी नोभेम्बर ८ तारिखका दिन रिलिज हुँदै छ। फिल्मको ट्रेलर र यससँग जोडिएको मेकिंग भिडियो पनि सार्बजनिक भईसकेको छ। फिल्मसँग जोडिएका केही रमाईला खबरहरु पनि सार्बजनिक भएका छन्। फिल्मका केही भागको सुटिंगका लागि सुपरस्टार अमिताभ बच्चनलाई श्वास लिनै कठिन भएको थियो ।

चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’को धेरैजसो सुटिंग थाइल्याड र माल्टामा भएको थियो । यो दिप घना जंगल र डरलाग्दा सर्पका लागि निकै प्रख्यात मानिन्छ। अमिताभले केही दिन अगाडि दिएको अन्तरवार्तामा भनेका छन्, मलाई सुरुमा थाईल्याण्ड लगेर सुटिंग किन गर्नु पर्यो होला भन्ने लागेको थियो तर जब उहाँ पुगेर लोकेशन हेरेँ तब थाहा भयो त्यो ठाउँ नै अजिव रहेछ। एक विशालकाय गुफा थियो जुन करिब २० ३० मंजिल उच्च रहेको थियो । जहाँ बस्यो त्यहीँ कुनै समय त जंगली सर्प नै आउने ।

रिर्पोटका अनुसार जंगल र पहाडमा हिँड्दा अमिताभलाई निकै सकस भएको थियो । अभिताभले आफुँलाई सास पेर्नै कठिन भएको पनि बताएका छन्। फिल्ममा देखिएको शो विशालकाय गुफा अमिताभको लुक्ने गुफा पनि हो।

Namaste Filmy

Read Previous

लाइभ कन्सर्ट चर्चित गायक शानमाथि आक्रमण

Read Next

‘सुनकेसरी’ हलमा मात्र हैन युट्युबमा पनि फ्लप (फिल्म सहित)