‘सुनकेसरी’ हलमा मात्र हैन युट्युबमा पनि फ्लप (फिल्म सहित)

जेठ ११ गते बाट प्रदर्शन आएको चलचित्र ‘सुनकेसरी’सिनेमा भवनमा कुनै चमत्कार गर्न सकेको थिएन । सिधा हिसाबमा चलचित्र फ्लप भएको थियो तर निर्माण युनिटले चलचित्र विदेश लगाउने लोवमा चलचित्र हित भएको भन्न कुनै कमि भने गरेर ।

अर्पण थापाले निर्देशन गरेको यस चलचित्रले न हलमा दर्शक पायो न बिदेशमा प्रदर्शन गर्ने गतिलो मौका नै पायो ।थ्रिलर चलचित्र भनेर प्रचार गरिएको ‘सुनकेसरी’ले दर्शकको मनमा त्रास उत्पन्न गराउन सकेन ।

चलचित्रको सोचे जस्तो व्यापार हुन न सके पछि केहि दिन अघि मात्रै चलचित्र ‘सुनकेसरी’को युट्युब रिलिज गरियो । युट्युबमा पनि चलचित्रले दर्शक तान्न सकेन ।६ दिन अघि युट्युब रिलिज गरिएको युट्युब भ्युज दुई लाख पनि पुग्न सकेन ।युट्युबमा रिलिज भएका प्राय फिल्म ट्रेडिङ पर्ने गरे पनि ‘सुनकेसरी’ले तो सफलता पनि पाउन सकेन ।
https://www.youtube.com/watch?v=Cz29r8qm07k
युट्युबमै चलचित्र रिलिज हुनेभए पछि नेपाली दर्शकको ठूलो संख्या अहिले चलचित्र युट्युबमा कुरेर बस्ने गर्छ । जसका कारण युट्युबमा अपलोड गरिएका छोटो समयमै उल्लेख्य भ्युज बटुलेको देखिन्छ । तर यो अनुभव ‘सुनकेसरी’ले भने गर्न पाएन । चलचित्रमा ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय रहेको थियो ।

Namaste Filmy

Read Previous

ठग्स अफ हिन्दोस्तानको घना जंगलमा गरिएको थियो सुटिङ्ग

Read Next

शिव परियारको स्वरमा आचल शर्मा र भिमफेदी गाइजको रोमान्टिक भिडियो