शिव परियारको स्वरमा आचल शर्मा र भिमफेदी गाइजको रोमान्टिक भिडियो

चर्चित गायक शिव परियारको स्वरमा चर्चित डान्स ग्रुप भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘भेट भयो सोल्टिनी संग’ बोलको गीतमा नारायण कडेँलको शब्द तथा रमेश कायस्थको संगीतमा रहेको छ ।

भिडियोमा भिमफेदी गाइज संगै नायिका आचल शर्मालाई फिचर्ड गरिएको छ। भेट भयो सोल्टिनी संग बोलको गीतमा भिमफेदी गाइज र आचल शर्मा क्लासिक तथा वेस्र्टन लुक्समा प्रस्तुत गरिएको छ।

भिमफेदी गाइजकै कोरियोग्राफी तथा निर्देशन निर्मल लामाको रहेको गीतमा ज्ञानेन्द्र शर्माले क्यामेरा चलाएका हुन्। पवन शुस्लिङको सम्पादन रहेको भिडियोलाई भिमफेदी गाइजले रमाइलो बनाएका छन्।

Namaste Filmy

Read Previous

‘सुनकेसरी’ हलमा मात्र हैन युट्युबमा पनि फ्लप (फिल्म सहित)

Read Next

नायिका ऐश्वर्या रायले फिल्म खेल्न निर्देशक सुभाष घइसंँग रात बिताएको खुलासा