आंचल शर्मा र सुसान्त खत्री अभिनित “पिच रोड” करोड क्लबमा प्रवेश (भिडियो)

गायक समिर आचार्यको “पिच रोड” करोड क्लबमा प्रवेश गरेको छ  ।लामो समय देखि अष्ट्रेलियामा बस्दै आएका गायक आचार्यले नेपाली सांगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउदै आएका छन् ।

यस गीतको शब्द तथा संगीतमा राजेन्द्र भट्ट र सन्तोष कुमार रहेका छन् भने छायाँकार राम कुमार केसीले म्युजिक भिडियोलाई छायांकन गरेका हुन्  ।निर्देशक टेकेन्द्र साहले निर्देशन गरेको यस भिडियोमा चर्चित नायिका आंचल शर्मा र सुसान्त खत्रीको बेजोड नृत्यको साथमा अभिनय देख्न सकिन्छ ।

छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल गित “पिच रोड” को सफलता देखेर गायक समिर अहिले दङ्ग परेका छन्  । नेपाली गित संगीत प्रेमीहरुको अपार माया तथा यस गितको म्युजिक भिडियोलाई दर्शकहरुले अत्याधिक मनपराई दिएकोमा सम्पूर्ण भिउर्सहरुलाई गायकले धन्यबाद समेत दिएका छन् भने आगामी दिनहरुमा समेत यस्तै माया र साथको अपेक्षा समेत गरेका छन् ।
https://www.youtube.com/watch?v=RV8_VniF19o

Namaste Filmy

Read Previous

चलचित्र ‘चौका दाउ’को गीत 'मेरो माया कतारमा' सार्वजनिक (भिडियो)

Read Next

चलचित्र ‘वीर विक्रम २’ को औपचारिक घोषणा,आकाश र बर्षाले रोमान्स गर्ने