चलचित्र ‘वीर विक्रम २’ को औपचारिक घोषणा,आकाश र बर्षाले रोमान्स गर्ने

बिहिबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘वीर विक्रम २’ को औपचारिक घोषणा गरिएको छ ।मिलन चाम्स निर्देशित चलचित्र ‘वीर विक्रम’ को दोस्रो श्रृंखलाको रुपमा ‘वीर विक्रम २’निर्माण गर्न लागिएको हो।

चलचित्रको घोषणा कार्यक्रममा तामझामका साथब्यान्ड बाजा बजाइ चौंरी गाई नचाएर प्र कलाकार उपस्थित गराएका थिए ।चलचित्र ‘वीर विक्रम’ भन्दा फरक कथामा निर्माण हुने यस चलचित्रमा हिमाली क्षेत्रमा पाइने याकको पनि प्रमुख भूमिका रहने निर्देशक चाम्सले जानकारी दिए । यस्तै उनले ‘बिर बिक्रम २’ बिर बिक्रमको सिक्वेल नभएको खुलाए ।

चलचित्र ‘वीर विक्रम’ सामबेश नाजिर हुसेन भए यस चलचित्रमा अन्य कलाकार परिवर्तन भएका छन् ।चलचित्रमा नाजिरसँगै आकाश श्रेष्ठ, बर्षा सिवाकोटी, बुद्दि तामाङ, विनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदी र बाल कलाकारमा मनिष लिम्बु लगायत कलाकारको मुख्य अभिनय रहने छ । बाग बहादुर थकालीको चरित्र निभाउन लागेका बुद्दि फिल्ममा भिलेनको भूमिका देखिनेछन् ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आई प्रोडक्सनको संयुक्त प्रस्तुतीमा बन्न लागेको बिर बिक्रम को छायाँकनको लागि कात्तिक अन्तिम साताबाट फ्लोरमा जाने तयारी भइरहेको फिल्म २०७६ को नयाँ वर्षमा रिलिज गर्ने निर्माण टिमको सोच रहेको छ ।अर्पण सापकोटा सह-निर्माता रहेको फिल्मलाई निर्देशक चाम्स आफैंले निर्माण गर्नेछन् ।

प्रदीप भारद्वाजको लेखन तथा स्क्रिप्ट रहेको बिर बिक्रम २ मा रञ्जित गज्मेर, राजनराज सिवाकोटी र तारा प्रकाश लिम्बुले संगीत दिदैंछन् । हिमाली क्षेत्रमा खिचिने चलचित्रमा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

Namaste Filmy

Read Previous

आंचल शर्मा र सुसान्त खत्री अभिनित “पिच रोड” करोड क्लबमा प्रवेश (भिडियो)

Read Next

निश्चल बस्नेतको गीतमा स्वस्तिमा खड्काको यस्तो डान्स (भिडियो)