
चलचित्र ‘बुलबुल’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘खुद्राखुद्री’ बोलको सार्वजनिक गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन्।
स्वस्तिमा खड्का र मुकुन भुसाललाई फिचरिंग गरिएको यस गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् ।भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा झन्डै १८ लाख खर्च भएको निर्माण पक्षले बताएको छ ।
यो चलचित्रले टेम्पो चलाउने महिलाको कथालाई प्रस्तुत गरेको छ । नायिका खड्काले टेम्पो चालक महिलाको भूमिकामा काम गरेकी छिन् । चलचित्रमा कलाकार लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पोचालक साथीको भूमिका निर्वाह गरेकी छिन् ।
विनोद पौडेलको निर्देशन रहेको चलचित्र ‘बुलबुल’ फागूण ३ गतेबाट रिलिज हुँदैछ ।चलचित्रमा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे ,लक्ष्मी बर्देवा,सृष्टि भट्टराई आदि कलाकारको अभिनय छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् ।

