‘नेपाल आइडल’ बाट चलचित्र ‘प्रसाद’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘प्रसाद’को अफिसियल ट्रेलर सार्वजनिक गरेको छ । गायन रियालिटी शो ‘नेपाल आइडल’ मार्फत युनिटले ट्रेलर सार्वजनिक गरेको हो ।निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथामा निर्माण गरिएको ‘प्रसाद’को ट्रेलरमा सबै कुरा देखाइएको छ ।

चलचित्रको यस अघि सार्वजनिक ‘लै लै’ र ‘बनकि चरी ‘ले अहिले बजारमा राम्रै चर्चा पाउनु को साथै दर्शकले रुचाएका छन् ।चलचित्रमा विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ । मंसिर २१ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रलाई सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

दिनेश राउतले निर्देशन गर्नु भएको ‘प्रसाद’लाईपत्रकार सुशील पौडेलले लेखेका हुन्। लोकेश बज्रचार्यको सम्पादन रहेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् भने संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको तथा हिमाल केसीको द्वन्द रहेको छ । ।

Namaste Filmy

Read Previous

नेपाली फिल्ममा अभिनय गर्न पाउदा सन्नी लियोनी खुसी

Read Next

गायिका बुनु श्रेष्ठको नया गीत 'छ कि छैन' को भिडियो सार्वजनिक