रजनिकान्त र अक्ष्य कुमारको बहुप्रतिक्षित फिल्म ‘2.0’ को धामकेदार ट्रेलर रिलिज (भिडियो)

अत्याधिक भिएफएक्स प्रयोग गरिएको यस बर्षको बहुप्रतिक्षित बलिउड फिल्म ‘2.0’ को धामकेदार अफिसियल ट्रेलर रिलिज भएको छ । २९ नोभेम्बेरमा रिलिज हुने फिल्मको ट्रेलर रिलिज भएको हो ।

भिएफएक्सको कारण बारम्बार रिलिज डेट सर्दै आएको फिल्मको ट्रेलरमा नै भिएफएक्सको कमाल देखाईएको छ । बलिउड फिल्म ईतिहासमा पहिलो पटक यती धेरै भिएफेक्स प्रयोग गरिएको हो ।

फिल्मको ट्रेलरमा अभिनेता रजनिकान्त र अक्ष्य कुमारलाई धमाकेदार तरिकाले प्रस्तुत गराईएको छ । यस्तै अभिनेत्री एमी ज्याक्सनलाई पनि स्पेस दिईएको छ । निर्माण घोषणा देखी नै दर्शकहरु माझ बहुप्रतिक्षित बनेको फिल्मको ट्रेलरले दर्शकहरुलाई झनै फिल्म प्रती उत्साहित बनाएको छ । मा अक्ष्य कुमार भिलेनको भूमिकामा रहेका छन् ।

एस शंकर लिखित तथा निर्देशित फिल्मलाई सुबाशकरनले निर्माण गरेका हुन् ।फिल्ममा रजनीकान्त र अक्षय कुमारका अलावा अभिनेत्री एमी ज्याक्सन पनि प्रमुख भूमिकामा छिन् । निर्देशक स्वयमले यसको पटकथा लेखेका हुन् । ‘२.०’ रजनीकान्तको फिल्म ‘एन्थरिन’ को सिक्वेल हो ।

Namaste Filmy

Read Previous

सुविन सिंह नेपाल आइडलबाट बाहिरिए

Read Next

गायिका रेश्मा सुनुवारको 'उल्लु उल्लु'को भिडियो सार्वजनिक