गायिका रेश्मा सुनुवारको 'उल्लु उल्लु'को भिडियो सार्वजनिक

गायिका रेश्मा सुनुवारको नया गीत ‘उल्लु उल्लु’को भिडियो सार्वजनिक गरिएको छ ।गायिका सुनुवारको शब्द तथा संगीत रहेको यस गीतलाई सुनुवार कै अफिसिएल युटुब बाट सार्वजनिक गरिएको छ।

‘यो गीत उल्लुको लागि मैले धेरै मेहेनत गरको छु केहि फरक गर्ने कोसिसमा उल्लु तयार गरेको हुँ गायिका सुनुवारले बताउनु भयो ।सार्वजनिक म्युजिक भिडियो अहिले सम्मकै नेपाली म्युजिक भिडियोहरुमा फरक किसिमको मेकिङ्ग गरिएको छ। हलिउड फ्लेबरको मेकिङ्ग रहेको यस भिडियो लाई सिनेमाटोग्राफर अनिल के मानन्धरले खिचेका हुन्।

चितवनको रमणीय स्थानमा छायांकन गरिएको यस गीतमा निर्देशक बिभोर पोख्रेलको मेहेनत राम्रै देखिन्छ । उनले भिडियोमा गायिकाको लिप सिंग देखि ४ जना मोडलहरुलाई राम्रै फ़िचरिङ्ग गराएका छन। चितवनलाई फरक लुक्समा देखाएका निर्देशक पोख्रेलले भने ‘भिडियो हेरेपछि चितवनको सुन्दरता अझै नजिक बाट देख्नेछन दर्शकहरुले ।
https://www.youtube.com/watch?v=g3kLERXCU6U
म्युजिक भिडियो निर्देशक बिभोर पोख्रेलको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी र लिड मेल मोडलमा अनुराग ठकुरी रहेका छन्। अनुराग सँगै भिडियोमा फिमेल मोडलमा स्वीकृति प्याकुरेल , समिता ओझा र डिचेन लामा लाई फिचर गरिएको छ।

Namaste Filmy

Read Previous

रजनिकान्त र अक्ष्य कुमारको बहुप्रतिक्षित फिल्म ‘2.0’ को धामकेदार ट्रेलर रिलिज (भिडियो)

Read Next

निर्देशकले नायिकालाई ‘सय करोड दिए अप्राकृतिक सेक्स गर्न प्रस्ताब गरे पछि