निर्देशकले नायिकालाई ‘सय करोड दिए अप्राकृतिक सेक्स गर्न प्रस्ताब गरे पछि

मिटू अभियान भारतमा भित्रिएलगत्तै अहिलेसम्म बलिउडका विभिन्न नायक, निर्देशक र निर्मातामाथि यौनहिंसाको आरोप लागिसकेको छ । निर्देशक साजिद खानमाथि नायिका सलोनी चोपडा र सिमरन सुरीले पहिले नै यौन उत्पीडनको आरोप लगाइसकेका छन् । अब फिल्म ‘लिपिस्टिक अन्डर माय बुर्का’ की नायिका अहाना कुम्राले पनि साजिद खानमाथि आरोप लगाएकी छिन् । १० वर्षदेखि बलिउडमा काम गरिरहेकी अहानाले बम्बे टाइम्सलाई दिएको अन्तर्वार्तामा आफूमाथि भएको उत्पीडनबारे जानकारी दिँदै साजिदले उनलाई घर बोलाएर सेक्स सम्बन्धि प्रश्न सोधेको बताइन् ।
अँध्यारो कोठामा लिएर गएः
अहाना भन्छिन्, ‘एक वर्षअघि साजिद खानले मिटिङको बहानामा घर बोलाए । मलाई थाहा थियो कि उनी एक घटिया व्यक्ति हुन् तरपनि मैले उनलाई भेटें । उनले मलाई त्यहि गरे जुन सलोनी चोपडाले आफ्नो आरोपमा बताएकी छिन् । जब म उनको घर पुगें तब उनले मलाई आफ्नो कोठामा लिएर गए । त्यो कोठामा राम्रोसँग उज्यालोसमेत पसेको थिएन ।’

उनी थप्छिन्, ‘त्यसपछि उनले मलाई बस्न भने र मेरो बारे जान्न चाहेको बताए । मैले उनलाई बाहिर किन नबसेको भनेर सोध्दा आमा भएकाले उनलाई डिस्टर्ब गर्न नचाहेको बताए ।’
त्यसपछि आफूले कोठामा बत्ती बाल्न आग्रह गरेको र बत्ती बालेपछि साजिदले उनीबारे सोध्न थालेको बताइन् ।
मैले भनें मेरी आमा पुलिस अफिसर हुन्ः
‘घरको कुरा गर्दा मैले आफ्नी आमा एक पुलिस अफिसर भएको बताएँ । यसो भन्दा सायद उनी सचेत होलान् कि भन्ने सोचें । उनी थोरै हच्किए तर पनि उनले मलाई सोधे, ‘यदि मैले तिमीलाई सय करोड रुपैयाँ दिएँ भने, के तिमी कुकुरसँग सेक्स गर्छौ ?’ साजिदको यस्तो प्रश्न सुनेर म अचम्ममा परें ।’
‘वास्तवमा साजिदको चाहना थियो कि यदि म मेनस्ट्रिम फिल्ममा हिरोइन बन्न चाहन्छु भने उनको भल्गर जोक्समा हाँस्नुपर्छ ।’
मैलै उनले चाहेजस्तो प्रतिक्रिया नदिएपछि उनले मलाई भने, ‘म अत्यधिक सोच्छु र म मेनस्ट्रिम फिल्मको मटेरियल होइन ।’
अभिनय होइन, आफ्नो सुन्दरतामा मात्र ध्यान दिनुहोस्ः
अहानाका अनुसार फिल्म इन्डष्ट्रिका ठूल्ठूला निर्देशकले अभिनयरमा नभई आफ्नो सुन्दरतामा ध्यान दिनुपर्ने सल्लाह दिन्छन् । उनले भनिन्, ‘साजिद खानलाई भेटेर आएपछि उनले म बिकिनीमा निकै हट देखिने भन्दै मेसेज पठाएका थिए ।’
ट्यालेन्ट म्यानेजर अनिर्बान ब्लाले पनि आफूमाथि गलत नजर राखेको उनी बताउँछिन् । उनका अनुसार अनिर्बानले उनलाई भने, ‘यहाँ मेरो कोठा छ, तिमीले चाह्यौ भने हामी त्यहाँ गएर नेगोशिएट गर्न सक्छौं ।’
साजिदमाथि ६ आरोपः
अहाना कुम्राबाहेक अहिलेसम्म साजिद खानमाथि पाँच अन्य महिलाले यौन उत्पीडनको आरोप लगाइसकेका छन् । यसमा सलोनी चोपडा, वरिष्ठ पत्रकार, मोडल–नायिका रेचेल ह्वाइट, नायिका सिमरन सुरी र प्रियंका बोस समावेश छन् ।

Namaste Filmy

Read Previous

गायिका रेश्मा सुनुवारको 'उल्लु उल्लु'को भिडियो सार्वजनिक

Read Next

चलचित्र ‘डोली’को पोस्टर सार्वजनिक ,मंसिर २८ मा रिलिज हुने