निखिल उप्रेतीको “भिलेन”को पोस्टर सार्वजनिक,पौष २७ मा रिलिज

चलचित्र “भिलेन”ले पोस्टर सार्वजनिक गरेको छ ।पौष  २७गतेलाई प्रर्दशन मिती तय गर्दै रिलिज गरिएका दुई पोस्टरमा अभिनेता निखिल उप्रेतीलाई मात्रै देखाईएको छ ।

चलचित्र “भिलेन”मा निखिल उप्रेती,शिल्पा पोख्रेल,निशा अधिकारी र कपिल खत्री प्रमुख भुमिकामा देखा पर्दैछन् ।चलचित्रलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

द ग्लोबल पिक्र्चस प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको फिल्म “भिलेन”लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन भने फिल्ममा दिपक श्रेष्ठ,सुरज खड्का र मधु केसी कार्यकारी निर्माता सँगै राजकुमार श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा मौनता श्रेष्ठको लेखन,सौरभ लामा,मदन कस्यप घिमिरेको छायांकन,मिलन श्रेष्ठ शाहिल खानको सम्पादन,बसन्त सापकोटा,बाबु गिरि,लालकुमार बरालको संगीत,सुक्रराज शाहको द्धन्द,दिपेन्द्र तिमल्सिना, दिपक श्रेष्ठको कोरीयोग्राफी रहेको छ ।

Namaste Filmy

Read Previous

नेपाली मोडलहरुलाई कोरियामा अन्तराष्ट्रिय अवार्ड

Read Next

रेखा थापाको ‘मालिका'लाई यूएनएफपिएको प्रशंसा