रेखा थापाको ‘मालिका'लाई यूएनएफपिएको प्रशंसा

शुक्रबारदेखि प्रर्दशनमा आएको सिनेमा ‘मालिका’ले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेको अवस्थामा नेपालका लागी संयुक्त राष्ट्र संघको जनसख्या कोष (यूएनएफपिए, नेपाल)ले प्रदर्शनरत सिनेमा मालिकाको प्रशंसा गरेको छ । यूएनएफपिए नेपालले आफ्नो आधिकारिक ट्विटर मार्फत रेखा थापा अभिनीत तथा निर्देशीत सिनेमाको प्रशंसा गरेको हो ।

ट्विटमा यूएनएफपिएले ‘मालिका’ले ‘लैङ्गिक विभेदको उजागर गर्दै कसरी लैगिंकतामा आधारित हिंसाले नेपाली समाजलाई विभिन्न तरिकाले प्रभावित पारेको’ उल्लेख गरेको छ । यो सिनेमाले दर्शकबाट राम्रो साथ पाइरेहेको छ । निर्माता तथा निर्देशक रेखा थापाले राम्रो व्यापार गरेको बताएकी छन् ।

रेखा थापाले निमार्ण तथा निर्देशन गरेको सिनेमामा उनकै शिर्ष भुमिका रहेको छ । ‘मालिका’मा रेखा थापाका अलवा जाजरकोटकी १५ वर्षिय कमला ओलीको समेत मुख्य भुमिाका रहेको छ ।

Namaste Filmy

Read Previous

निखिल उप्रेतीको “भिलेन”को पोस्टर सार्वजनिक,पौष २७ मा रिलिज

Read Next

चलचित्र ‘प्रेमलीला’ले प्रचार प्रसारको नया फण्डा सुरु