बालकलाकार सम्राट दाहाल अभिनित ‘देउसी भैलो’ गीतको सार्वजनिक (भिडियो )

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको सबैको घर आगनमा आएको छ ।तिहारको अबसर पारेर बालकलाकार सम्राट दाहाल अभिनित ‘देउसी भैलो’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सुमन दाहालले निर्देशन गरेको देउसी भैलो गीतमा मोहन दाहालको शब्द, सरोज प्याकुरेलको संगीत रहेको छ । सुजिता सिटौलाले छायांकन गरेको तिहारको म्यूजिक भिडियोमा बाल कलाकार सम्राट दाहाल र साथीहरूको अभिनय रहेको छ ।

सम्राटले यसभन्दा अघिपनि समसायीक विषय वस्तुका केहि गीतमा स्वर दिईसकेका छन् भने मोडलिङ पनि गरेका छन् ।उक्त भिडियोलाई सम्राट क्रिएसनले प्रस्तुत गरेका थिए ।

Namaste Filmy

Read Previous

मेनुका पौडेल सारेगमप टप १५मा

Read Next

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह निर्मात्री पुनम गौतमको फिल्ममा अनुबन्धित