चलचित्र ‘गोर्खे’को सिन्की अचार गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘गोर्खे’को गीत सार्वजनिक गरिएको छ । ‘सिन्की अचार….’ बोलको लोक फ्लेवरको गीतमा सिनेमाका मुख्य कलाकार रविन्द्र प्रताप सेन र अञ्जली अधिकारीलाई फिचर्ड गरिएको छ । गीतमा नग्वा फिन्जो पाख्रिनको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र आर सी रिमालको स्वर छ ।

सन्तोष ढकाल निर्देशित सिनेमामा रविन्द्र प्रताप सेन र अञ्जली अधिकारीका अलवा अर्जुन गुरुङ, अश्मी लामा, अष्मिता श्रेष्ठ (रानी), एन्जल श्रेष्ठ, सरो तामाङ, सुजन थापा मगर, बलदीप राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । सिनेमाका प्रस्तुतकर्ता हरि लामा हुन् । तिर्थ कोजु र हरि थापा निर्मातामा छन् ।

कोजु इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमालाई निराज कँडेलले खिचेका हुन् । शिव विकको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, मित्र डि गुरुङको सम्पादन रहेको सिनेमाले साहसी गोर्खालीको कथा वाचन गर्नेछ ।रिलिज डेट फाइनल नगरिएको सार्वजनिक यस चलचित्रलाई यसै वर्ष प्रदर्शनमा ल्याउने तयारी गरिरहेको छ ।

Namaste Filmy

Read Previous

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह निर्मात्री पुनम गौतमको फिल्ममा अनुबन्धित

Read Next

चलचित्र ’सुश्री सम्पति’ को दोस्रो गीत ’झुम्की’ सार्वजनिक (भिडियो)