प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना’ मंसिर २१ रिलिज

बलिउड स्टार प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर’को रिलिज डेट तय गर्दै नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा तीन बाल–बालिका फिचर्ड छन् । अब यो नेपाली सिनेमा मंसिर २१ अर्थात डिसेम्बर ७ तारिकबाट नेपाल तथा भारतमा रिलिज हुनेछ । ‘पाहुनाः द लिटिल भिजिटर’ लाई निर्देशन पाखी ए टेरेबालेले गरेका हुन् भने कथा पनि उनैले लेखेका हुन् ।

सिनेमाको कहानी तीन नेपाली बच्चाको वरिपरि घुमेको छ, जो आफ्नो अभिभावकबाट विछडिएका छन् । सिनेमाले नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका बच्चाको कथा वाचन गरेको छ ।
प्रदर्शन अगाडि नै चलचित्रले जर्मनीमा भएको फिल्म फेस्टिभल र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दुई पुरस्कार जिति सकेको छ । ‘पाहुनाः द लिटिल भिजिटर’ प्रियंका चोपडा र उनकी आमा मधु चोपडाले निर्माण गरेका हुन् ।

Namaste Filmy

Read Previous

चलचित्र ’सुश्री सम्पति’ को दोस्रो गीत ’झुम्की’ सार्वजनिक (भिडियो)

Read Next

चलचित्र ‘केदारनाथ’को पहिलो गीत सार्वजनिक (भिडियो)