चलचित्र ‘केदारनाथ’को पहिलो गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘केदारनाथ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘नमो नमो’ बोलको गीत सार्वजनिक गीतमा अमृत त्रिभेदीको स्वर रहेको गीतमा अमिताभ भट्टचार्यले संगीत भरेका छन् । गीतमा सुशान्त तिर्थालुलाई बोकेर धर्मस्थल सम्म पुर्याउने व्यक्तिको रुपमा देखाइएको छ ।

पाँच वर्ष अगाडि केदारनाथमा आएको बाढि पहिरोको कथामा आधारित चलचित्र ‘केदारनाथ’ विवादमा फसेको छ फिल्मको टिजर रिलिज सँगै विवादले घेरिएको छ । यो फिल्मलाई केदारनाथको तीर्थ पुरोहित देखि राजनीतिक दलले समेत विरोध प्रर्दशन गरेका छन् ।

फिल्ममा नायक र नायिका बीच देखाईएको किस सिनलाई लिएर विवाद बढेको छ । केदारनाथ धार्मिक स्थल भएको हुँदा यस्तो दृश्य देखाउनु उचित नभएको भन्दै केदारनाथको पुरोहितहरुले विरोध जनाएका हुन् । उनीहरुले केदारनाथको सतेराखाल, केदारनाथको छेउछाउ र अन्य स्थानमा फिल्मको विरोध प्रर्दशन गरिएका छन् । विरोधमा फिल्मको पोस्टर, निर्देशक, नायक र नायिकाको पुत्ला जलाईको छ ।

चलचित्रमा सारा अली खान र सुशान्त सिंह राजपूत जोडिको रुपमा रहेका छन् । सैफ अली खान र अमृता सिंहको छोरी साराको यो पहिलो फिल्म हो ।चलचित्रलाई अभिषेक कपूरले निर्देशन गरेका हुन् ।

Namaste Filmy

Read Previous

प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना’ मंसिर २१ रिलिज

Read Next

लक्ष्मी पूजाको दिनमा ‘प्रसाद’ को पोष्टर सार्वजनिक