प्रियंका र निकको विवाहमा बलिउडका कोकोलाई निमन्त्रणा होला ?

बलिउडकी चर्चित नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको यही डिसेम्बर दुई तारिखमा विवाह हुँदैछ । विवाहमा कोकोलाई निमन्त्रणा होला ? अलि रुचिको विषय हुनसक्छ ।

उनी चलचित्र क्षेत्रकी चर्चित नायिका भएकाले चलचित्र सम्बन्धित व्यक्ति नै विवाहमा बढी होलान् । तर, अचम्म उनको विवाहमा चलचित्र क्षेत्रका कसैलाई पनि उपस्थितको लागि निम्तो दिइएको छैन ।
पिंकभिल्लाको एक रिपोर्ट अनुसार प्रियंका र निकको विवाह निकै नजिकका साथी र आफन्तका बीचमा निकै गोप्य तरिकाले गरिने बताइएको छ । उनीहरुको विवाहमा बलिउडका कसैलाई पनि आमन्त्रण नगरिएको रिपोर्टमा दाबी गरिएको छ ।
प्रियंका र निकको विवाह जोधपुरस्थित उमैद भवन प्यालेस होटलमा हुने बताइएको छ भने विवाह अघि आयोजना गरिने संगीतलगायतका कार्यक्रम नोभेम्बर ३० र डिसेम्बर एक तारिखमा मेहरानगर फर्टमा हुनेछ ।

Namaste Filmy

Read Previous

लक्ष्मी पूजाको दिनमा ‘प्रसाद’ को पोष्टर सार्वजनिक

Read Next

'दि ब्रेकअप' को फर्स्टलुक पोस्टर सार्वजनिक , आशिरको काखमा शिल्पा