'दि ब्रेकअप' को फर्स्टलुक पोस्टर सार्वजनिक , आशिरको काखमा शिल्पा

केहि दिन अघि सार्वजनिक भएको ‘आज हाम्रो’ बोलको गीतले बजारमा राम्रै चर्चा पाउदै गर्दा चलचित्र ‘दि ब्रेकअप’ को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ ।

हेमराज बिसी निर्देशित ‘दि ब्रेकअप’ को सार्वजनिक पोस्टरमा लिड अभिनेता आशिरमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केलाई रोमान्टिक मूडमा देख्न सकिन्छ ।
आगामी पौष २७ गते बाट प्रदर्शनमा आउन लागेको ‘दि ब्रेकअप’ आशिर र शिल्पासँगै इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल लिड अभिनय रहेको छ ।
चलचित्रलाई लाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् ।फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

प्रियंका र निकको विवाहमा बलिउडका कोकोलाई निमन्त्रणा होला ?

Read Next

‘ठग्स अफ हिन्दुस्तान’ ले पहिलो दिन कमायो ५२.२५ करोड