कति महंगो गिफ्ट ? शाहरुख ले फराह लाई दिए एस युबी कार ।

[dropcap][/dropcap]तिबेला बलिउडका मशहुर निर्मात्री फराह खान तथा बादशाह शाहरुख खान एकसाथ काम गरिरहेका छन । अगामी दिवालीमा प्रदर्शन गर्ने तयारीका साथ निर्माण भइरहेको फिल्म ह्याप्पी न्यु इयर मा .यी दुई यतिबेला ब्यस्त छन । निर्मता फराहले आफ्नो फिल्ममा शाहरुखलाई लिने बितिकै फिल्म सुपरहिट मात्र होइन उनलाई एक अर्को फाइदा पनि मिल्छ । त्यो के भने शाहरुखलाई फिल्ममा लिनेबितिकै गिफ्टको रुपमा कार पाउने गर्छन फराहले ।saharukh and farahaयसपटक पनि शाहरुखले फराहलाई गिफ्टको रुपमा कार दिएका छन । यसअघिका फिल्महरुमा सुटिङ सकिएपछि मात्र गिफ्ट दिने गर्दथ्यो तर यसपटक भने शाहरुखलाई हतार भएछ र उनले सुटिङ चलिरहेकै बेला भर्खरै ब्ल्याक मर्क एस युबी कार गिफ्ट दिएका छन ।
पछिल्लो समय फराहको कार केहि बिग्रीएको थियो र उनले शाहरुखको कार प्रयोग गर्दै आइरहेकी थिइन । त्यसैले उनको अभाव देख्न नसकेर शाहरुखले गिफ्ट दिन पहिलेजस्तो सुटिङ सकाउन चाहेनन ।
यसअघि पनि शाहरुखले फराहको फिल्महरु मे हु ना र ओम शान्ति ओम मा काम गरिसकेका छन र यी दुवै फिल्मको सुटिङ सकिनेबितिकै शाहरुखले फराहलाई कार दिएका थिए ।

Namaste Filmy

Read Previous

नया वर्ष सगै शोभित बस्नेतले सुरु गरे 'जाऊ हिड पोखरा'को पब्लिसिटी। फोटो फिचर ।

Read Next

कलाकार संघ दिवसमा अधा दर्जन बढी सिनेकर्मीलाई सम्मान गरिने ।