‘ठग्स अफ हिन्दुस्तान’ ले पहिलो दिन कमायो ५२.२५ करोड

बलिउडको निकै चर्चित र सर्वाधिक मंहगो भनिएको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ ले पहिलो दिन धमाकेदार ओपनिङ्ग गर्दै बलिउडको सबै रेकर्ड तोडेको छ ।

भारतमा दिवालीको मौका पारेर हिजो बिहिबार बाट प्रदर्शनमा आएको ‘ठग्स अफ हिन्दुस्तान’ ले पहिलो दिन भारतमा मात्रै ५२.२५ करोडको कलेक्सन गर्दै एक दिनमा यति धेरै कमाउने रेकर्ड आफ्नो नाममा बनाएको छ ।
ओपनिङ डेमा बम्पर कमाईको रेकर्ड अहिलेसम्म शाहरुख खानको नाममा रहेको थियो । शाहरुखको फिल्म ह्याप्पी न्यू इयरले ४४.९७ करोड कमाएका थिए । दोस्रो नम्बर साउथ सुपरस्टार प्रभासको फिल्म बाहुबली द कन्क्लूजनको नाममा छ जसले ४१ करोडको व्यापार गरेको थियो ।
‘ठग्स अफ हिन्दुस्तान’ ले यसरि पहिलो दिन ५२.२५ करोड कमाउदै शाहरुखको फिल्म ह्याप्पी न्यू इयरले ४४.९७ करोड तोड्न सफल भएको हो ।तमिल ४ तेलुगु भाषामा १.५० करोड कलेक्सन गरेको यस चलचित्रले हिन्दि भाषामा ५०.७५ करोड कलेक्सन गरेको हो ।
‘ठग्स अफ हिन्दुस्तान’ अमिताभ बच्चन, आमिर खान, क्याटरिना कैफ र फतिमा सना शेखको मुख्य भूमिका रहेको छ ।फिलिप टेलर्सको उपन्यास ‘कन्फेशन अफ ठग्स’ मा आधारित छ । फिल्मको निर्देशन विजय कृष्ण आचार्यले गरेका हुन् ।

Namaste Filmy

Read Previous

'दि ब्रेकअप' को फर्स्टलुक पोस्टर सार्वजनिक , आशिरको काखमा शिल्पा

Read Next

'जात्रै जात्रा' को टिजर रिलिज (भिडियो)