भ्यालेन्टाइन डे मा आउने भयो ‘समर लभ’,फस्टलुक सार्वजनिक

सुबिन भट्राईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्र ‘समर लभ’ को फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ ।चलचित्रको सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री अटाएका छन्
। भ्यालेन्टाइन डेलाई लक्षित गर्दै चलचित्र माघ २५ बाट प्रदर्शनमा आउने भएको छ ।

चलचित्र ‘समर लभ’ लाई मुस्कान ढकालले निर्देशन गरेका हुन् ।मुस्कानले यस अघि ‘नाइँ नभन्नू ल ३ ’ निर्देशन गरेका थिए । यस चलचित्र बाट आशिष र रेवतीले डेब्यु गर्दैछन् ।

सुविन भट्टराइको कथा रहेको चलचित्रमा सामिप्यराज तिमिल्सिनाले पटकथा लेखेका हुन् ।पुष्पन प्रधानको संगीत सञ्जय लामाको छायांकन रहेको फिल्म अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

भने संगीत पुष्पन प्रधान रहेको छ ।चलचित्रमा भरत शर्मा, सपन सरकार, इन्दु भण्डारी र मनु विकले लगानी रहने छ ।नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् ।

Namaste Filmy

Read Previous

आयुष्मान पछि नायिका परमिता आरएल राणाको हिसीसग पनि ब्रेकअप

Read Next

‘बिर बिक्रम २’ मा आकाश श्रेष्ठ हैन अब पल शाह हिरो ,यस्तो छ कारण