कलाकार संघ दिवसमा अधा दर्जन बढी सिनेकर्मीलाई सम्मान गरिने ।

Artist1 [dropcap]ने[/dropcap]पाल चलचित्र कलाकार संघले अगामी भदौ मा परेको कलाकार संघ दिवस को अवसरमा चलचित्र क्षेत्रमा सक्रिय विभिन्न ब्यक्ति हरुलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । मंगलबार बसेको संघको एक बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार सो दिवसमा संघका पूर्व अध्यक्ष एवं निर्देशक रमेश वुढाथोकीलाई नगद ५१ हजारसहित सम्मानित गर्ने भएको छ । त्यस्तै बैठकले ‘शान्ति मास्के पुरस्कार’बाट बरिष्ठ अभिनेता भिमबहादुर थापालाई ११ हजार १ रुपैयासहित सम्मान गर्ने निर्णय गरेको छ । त्यस्तै नव–प्रतिभा सम्मानबाट भने नायिका रीमा विश्वकर्मालाई सम्मानित गरिने उल्लेख छ । यता वि.सं २०७१ सालको ‘सानुकाजी श्रेष्ठ पत्रकारिता सम्मान’बाट लामो समयदेखि पत्रकारितामा सक्रिय विजय ‘आवाज’लाई सम्मान गरिने भएको छ ।
त्यस्तै कलाकार संघले विशेष सम्मान प्रदिप भट्टराई र चन्द्र तामाङलाई प्रदान गर्ने निर्णय गरेको छ । ‘चलचित्र कलाकार संघ सेवा सम्मान’बाट भने सानुकुमार ताम्राकार, रवि गिरी र विजय देउजा सम्मानित हुने भएका छन् ।
चलचित्र कलाकार दिवसको दिन आउदो भदौ २३ गते उक्त सम्मान तथा पुरस्कारहरु प्रदान गरिने कलाकार संघका महासचिव रामकेशर बोगटीले बताए ।

Namaste Filmy

Read Previous

कति महंगो गिफ्ट ? शाहरुख ले फराह लाई दिए एस युबी कार ।

Read Next

सिक्वेल बन्ने क्रम बढ्यो । 'बाटो मुनिको फूल २' पनि बन्दै ।