बलिउड फिल्म ‘केदारनाथ’ को अफिसियल ट्रेलर रिलिज (भिडियो)

बिबादै बिबादमा परेको बलिउड फिल्म ‘केदारनाथ’ को अफिसियल ट्रेलर रिलिज भएको छ । अभिनेता सैफ अली खानकी छोरी सारा अली खानले डेब्यु गरेको फिल्म ‘केदारनाथ’ को ३ मिनेट लामो ट्रेलर रिलिज भएको हो । केदारनाथमा आएको प्राकृतिक विपत्तिको समय एक प्रेम काहानी नै ‘केदारनाथ’ को कथा हो । त्यस बेला आएको प्राकृतिक विपत्तिको दृृश्यहरु फिल्ममा समावेश गरिएको छ ।

फिल्ममा सारा अली परिवारसँग केदारनाथको धार्मिक यात्रामा निस्किएकी हुन्छिन र त्यही समयमा प्राकृतिक विपत्ति आउछ । त्यही साराको भेट नायक सुशान्त सिंह राजापुत सँग हुन्छ । फिल्ममा गौरीकुण्ड देखी केदारनाथ बिचको १४ किलोमिटरको बाटोको काहानी रहेको छ । सारा केदारनाथको भ्रमणमा जादा प्राकृतिक विपत्ति आउछ अनी सबै तहसनहस बनाउछ । त्यस विपत्तिमा सारा पनि पर्छिन् र शुशान्तले सारालाई बचाउछन् । त्यसी क्रममा शुशान्त र सारा प्रेममा पर्छन् ।

फिल्मक देखाईएको एक किस सिनको कारण केदारनाथका तीर्थ पुरोहितहरुले बिरोधमा उत्रिएका छन् । सोही कारण फिल्म अहिले बिबादमा परेको छ । केदारनाथका पुरोहितहरुले हिन्दूको भावनामाथि आहत पुर्‍याएको आरोप लगाउदै फिल्म प्रदर्शनमा रोक लगाउने बताईरहेका छन् । फिल्म प्रदर्शनमा रोक लगाउन एक बीजेपी नेताले सेन्सर बोर्डलाई पत्र समेत पठाईसकेका छन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा नायिका पूजा शर्माको १५ लाख पारिश्रमिक

Read Next

पुष्पल खड्का र आँचल शर्माले संवाद बोलेर ‘दाल भात तरकारी’को मुहुर्त