दीपेन्द्र लामाको ‘गोपी’ माघ १८ मा प्रदर्शन हुने

निर्माण घोषणा देखी नै बिविध कारणले चर्चामा रहेको चलचित्र ‘गोजी’ को प्रदर्शन मिती हेरफेर भएको छ । चैत्र १५ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘गोपी’ अब २ महिना अघी अर्थात माघ १८ गते प्रदर्शन हुने भएको छ । दीपेन्द्र लामा निर्देशित ‘गोपी’ मा बिपिन कार्की, बर्षा राउत, सुरक्षा पन्त आदिको मुख्य अभिनय रहेको छ ।
यस अघी चलचित्रको निर्माण घोषणा हुँदा बिपिन कार्कीको स्थानमा खगेन्द्र लामिछाने तथा बर्षा राउतको स्थानमा बर्षा सिवाकोटी फाइनल भएका थिए । तर पछी यि दुबै जनाले फिल्मबाट हात झिकेपछी बिपिन र बर्षाले उनिहरुलाई रिप्लेस गरेका हुन् ।
चलचित्रले बिभिन्न समस्याका बाबजुत पनि सफल हुन सफल एक युवाको कथा बोकेको छ । चलचित्रलाई आरोही केसीले निर्माण गरेकी हुन् ।

Namaste Filmy

Read Previous

इमरान हाशमी अभिनित बलिउड फिल्म ‘चिट इण्डिया’ को फस्ट लुक रिलिज

Read Next

बलिउडकी चर्चित अभिनेत्री दीपिका र रणवीरको विवाहमा मोबाइल फोन निषेध