सिक्वेल बन्ने क्रम बढ्यो । 'बाटो मुनिको फूल २' पनि बन्दै ।

[dropcap]प[/dropcap]छिल्लो समय नेपाली चलचित्र को सिक्वेल बन्ने क्रम बढदै गएको छ । केहि बर्ष अघि प्रदर्शनमा आएको फिल्म ‘नाइ नभन्नु ल’ को सिक्वेल ‘नाइ नभन्नु ल २’ ले यतिबेला सिनेमा बजारमा तहल्का मच्चाइरहेको बेला अर्को सफल फिल्म ‘बाटोमुनिको फुल’को पनि सिक्वेल बन्ने भएको छ ।bato-muni-ko-phoolगायकको रुपमा चर्चित यशकुमार तथा बाबु बोगटीले नायकको रुपमा डेब्यु गरेका फिल्म ‘बाटोमुनिको फुल’ केहि बर्ष अघि दर्शकको मन जित्न सफल फिल्म हो । सोहि फिल्मको सिक्वेलको रुपमा बन्ने फिल्म ‘बाटो मुनिको फुल २’ को कथा यतिबेला नायक एवं गायक यश कुमार ले लेखिरहेका छन । यसअघि सुरज सुब्बा नाल्बो ले निर्देशन गरेको फिल्मको सिक्वेललाई भने निर्देशक नवल नेपाल ले निर्देशन गर्नेछन । फिल्ममा मुख्य कलाकारको रुपमा गायक एवं नायकद्धय यशकुमार र बाबु बोगटी दोहोरिनेछन भने नायिकासहित अन्य कलाकारहरु फाइनल हुन बांकि छ । बाटो मुनिको फुलमा भने रेखा थापा र नन्दिता केसी नायिकाको रुपमा रहेका थिए ।

यसअघि सांगितिक रुपमा पनि निकै अगाडि रहेको फिल्मको सिक्वेलको लागी पनि गीत संगीत यश कुमारले नै तयार पार्नेछन । जगदिश्वर थापाको संवाद रहने फिल्ममा संजय लामा को छयांकन तथा चन्द्र पन्तको द्धन्द रहनेछ । फिल्मलाई सरु न्यौपाने, गोकुल थापा र प्रेम कंडेलले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन ।

Namaste Filmy

Read Previous

कलाकार संघ दिवसमा अधा दर्जन बढी सिनेकर्मीलाई सम्मान गरिने ।

Read Next

यसकारण माछाले स्तन छोपिन शुभेच्छाले ।